+
+
Shares

काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले वायु गुणस्तर सुधारका लागि स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम प्रस्तुत गरे ।
  • पौडेलले काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना अध्यावधिक गर्ने र परम्परागत इटा उद्योगलाई स्वच्छ प्रविधिमा रुपान्तरण गर्ने बताए ।

२८ वैशाख, काठमाडौं । सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम बताए ।

‘काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना अध्यावधिक गर्दै राष्ट्रिय वायू गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यावन्यन गरिनेछ,’ पौडेलले भने ।

त्यसैगरी परम्परागत इटा उद्योगलाई स्वच्छ प्रविधिमा रुपान्तरण गरिने बताए ।

वायु प्रदुषण न्युनीकरण, जलवायु अनुकुल र दिगो शहरी वातारण व्यवस्थापनका लागि बहुपक्षीय समवन्यन कार्यावन्यन प्रणाली सुढ्ढ गरिने पौडेलले बताए । ‘सीमा पार प्रदुषण नियन्त्रणका लागि दिपक्षीय तथा क्षेत्रीय सहकार्य सुढ्ढ गरिनेछ,’ पौडेलले भने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?