+
+
Shares

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, निजीलाई सेवामुखी बनाउने घोषणा

सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:००
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गर्ने घोषणा गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गरिने बताए।
  • सरकारले इलर्निङ र कृत्रिम बुद्धिमतालाई अगाडि बढाउने र विश्वविद्यालयको शासकीय संरचनामा सुधार गर्ने नीति अघि सारेको छ।

२८ वैशाख,  काठमाडौं । सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्ष, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने बताए ।

गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गरिने बताए ।

सामुदायिकमा दीर्घकालीन लगानी र निजी लगानीका विद्यालयलाई सेवा मुखी बनाउन नियमन गर्ने घोषणा गरेको छ ।

इलर्निङ र कृत्रिम बुद्धिमतालाई अगाडि बढाउने योजना सरकारले अगाडि सारेको छ ।

विश्वविद्यालयको शासकीय संरचनामा सुधार गरिने नीति सरकारको छ । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलनलाई पनि सरकारको प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?