News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सभाको सातौं अधिवेशन १ जेठ शुक्रबार बिहान ११ बजे आह्वान गरिएको छ।
- मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गर्नुभएको हो।
- प्रदेश प्रमुखका सचिव नारायणप्रसाद दाहालले अधिवेशन आह्वान गरिएको जानकारी दिनुभएको छ।
२८ वैशाख, काठमाडौं । मधेश प्रदेश सभाको सातौं अधिवेशन आह्वान गरिएको छ ।
मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै १ जेठ शुक्रबार बिहान ११ बजे अधिवेशन प्रारम्भ हुने जानकारी दिएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका सचिव नारायणप्रसाद दाहालले बताए ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4