+
+
Shares

एक महिनापछि बस्यो सार्वजनिक लेखा समिति बैठक

सिंहदरवारस्थित समितिको सभाकक्षमा जारी बैठकमा समितिका सचिव एकराम गिरीले लेखा समितिकै कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरेका छन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते ११:०९

२९ वैशाख, काठमाडौं । संसदीय समिति गठनको एक महिनापछि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बसेको छ ।

सिंहदरवारस्थित समितिको सभाकक्षमा जारी बैठकमा समितिका सचिव एकराम गिरीले लेखा समितिकै कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरेका छन ।

२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएपछि, २७ चैतमै संसदीय विषयगत समिति गठन भएका थिए । वैशाख ४ गते सबै समितिले सभापति पाए । नेतृत्व पाएपछि अन्य केही संसदीय समितिका बैठक बसेका थिए । कांग्रेसका भरतबहादुर खड्का सभापति चयन भएपछि सार्वजनिक लेखा समितिको बैठक भने मंगलबार पहिलो पटक बसेको हो ।

समितिका सचिव गिरीका अनुसार सार्वजनिक लेखा समितिको कार्यक्षेत्रमा सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू भनेर तोकिएको छ ।

नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको संस्थान, कम्पनी, बैंक वा समिति वा प्रचलित कानून बमोजिम सार्वजनिक स्तरमा स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्थाहरु यो समितिको कार्यक्षेत्रभित्र पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?