News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई बिर्सिएको हो ? भन्दै प्रश्न गरिन्।
- सांसद खतिवडाले शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै नलागेको भन्दै चिन्ता व्यक्त गरिन्।
- उनले निर्दोषमाथि गोली चलाउने दोषीलाई कहिले जेलमा देख्न पाइन्छ ? र न्यायालय शुद्धीकरणको माग गरिन्।
२९ वैशाख, काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई बिर्सिएको हो ? भन्दै प्रश्न गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा आफ्ना धारणा राख्ने क्रममा सांसद खतिवडाले शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै नलागेको भन्दै चिन्ता व्यक्र गरिन् ।
‘आज देश परिवर्तनको नयाँ चरणमा अघि बढिरहेको छ । तर जुन जेनजी आन्दोलनका घाइते तथा शहीदको रगतमा टेकेर यो जनादेश आएको थियो, आज त्यही कुरा बिर्संदै गएका हौं ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘शहीद परिवार र घाइतेको घाउमा न्यायको मल्हम अझै लागेको छैन ।’
जेनजी आन्दोलनमा गोली चलाउनेलाइक्षर्् कहिले जेलमा देख्न पाइन्छ ? भन्दै उनले प्रश्न गरिन् ।
‘म प्रश्न गर्न चाहन्छु कि, जसले निर्दोष जनतामाथि गोली चलाएर युवाहरूको सपना र भविष्यमाथि आक्रमण गरेको छ,’ सांसद खतिवडाको प्रश्न छ, ‘ती दोषीहरूलाई हामी कहिले सर्वसाधरणलाई राख्ने जेलमा देख्न पाउँछौं ? हाम्रो सम्माननीय न्यायालय साह्रै फोहोर भएको छ, यसलाई शुद्धीकरण गरियोस् ।’
प्रतिक्रिया 4