+
+
Shares

कांग्रेसले भन्यो– प्रधानमन्त्री हाम्रो पनि सम्पत्ति हो, स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्

संसद् बैठकमा बीचमै हिंडेर देशकै इज्जतमाथि दाग लागेको टिप्पणी

धानमन्त्री शाह स्वास्थ्य समस्या भएका कारणले बीचमै छाडेर हिंडेको उनका राजनीतिक सल्लाहकार असिम शाहले स्पष्टीकरण दिएका थिए । उनले सञ्जालमार्फत दिएको उक्त स्पष्टीकरण केहीबेरमै हटाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन छिटोभन्दा छिटो माग गरेको छ।
  • संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्यमा अचानक प्रतिकूल अवस्था बनेको भए त्यसको जानकारी संसद्लाई दिनुपर्ने बताए।
  • प्रधानमन्त्रीले अहंकार र अमर्यादाहीन व्यवहार देखाउनु दुर्भाग्यपूर्ण भएको र त्यसले देश र संसद्को इज्जतमा दाग लागेको कांग्रेसले उल्लेख गरेको छ।

२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छिटोभन्दा छिटो प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेको छ ।

पार्टीको तर्फबाट मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन् ।

हिजो (सोमबार) प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा उठेर हिंड्ने घटनाले सिंगो देश र संसद्को इज्जतमाथि दाग लागेको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीले अहंकार र अमर्यादाहीन व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो । उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । देशको शीर झुकेको छ । यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ,’ आङ्देम्बेले भने ।

साथै, प्रधानमन्त्री शाह स्वास्थ्य समस्या भएका कारणले बीचमै छाडेर हिंडेको उनका राजनीतिक सल्लाहकार असिम शाहले स्पष्टीकरण दिएका थिए । उनले सञ्जालमार्फत दिएको उक्त स्पष्टीकरण केहीबेरमै हटाइएको थियो ।

त्यसबारे प्रश्न गर्दै उनले भने, ‘यस्तो पनि हुनसक्छ कि अचान उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिंड्नुभएको होला । किनभने हामीलाई त्यस्तै खबर आयो र पछि डिलिट पनि भयो ।’

स्वास्थ्यमा अचानक प्रतिकूल अवस्था बनेको हो भने के भएको हो ? भन्दै उनले स्वास्थ्य परीक्षण हुनुपर्ने बताए ।

‘म सरकारलाई आग्रह गर्छु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो ? अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराइयोस्,’ आङ्देम्बेले भने ।

प्रधानमन्त्री अब रास्वपाको मात्रै नभइ आफूहरू सबैको सम्पत्ति भएको भन्दै उनले स्वास्थ्यको चिन्ता आफूहरूलाई पनि भएको जिकिर गरे ।

‘प्रधानमन्त्री अब रास्वपाको मात्रै रहनुभएन, हाम्रो पनि सम्पत्ति हो । उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो उहाँको स्वास्थ्य जानकारी संसद्लाई जानकारी गराइयोस् । हुनसक्छ सत्ताको भारी अपेक्षा गरेभन्दा ठूलो भएर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?