News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण रहेको बताएका छन्।
- भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए।
- सिटौलाले विराटनगरमा इतर समूहको भेलापछि पत्रकारसँग 'निर्णय गर्नेहरूको मुर्खतापूर्ण निर्णय हो' भने।
२९ वैशाख, विराटनगर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण रहेको बताएका छन् ।
नेपाली कांग्रेसको इतर समूहमा रहेका सिटौलालाई हटाएर संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए ।
मंगलबार विराटनगरमा इतर समूहको भेलापछि पत्रकारहूसँग कुराकानी गर्दै उनले उक्त निर्णयप्रति आपत्ति जनाए ।
राष्ट्रिय सभा दलबाट तपाईंलाई हटाइएकोबारे के भन्नुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘निर्णय गर्नेहरूको मुर्खतापूर्ण निर्णय हो, त्यति मात्रै भन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4