News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद हरि पन्तले वीरगञ्जको सडक विस्तारमा भइरहेको अन्योल चिरेर ठोस निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
- पन्तले भारतबाट आउने मालवाहक गाडीहरू ड्राइपोर्टबाट मात्रै नेपाल प्रवेश गर्ने भएकाले राजमार्गलाई २५ मिटरभन्दा कम गर्न स्थानीयले आवाज उठाएको बताए।
- सांसद पन्तले वीरगञ्जको सडक विस्तार युद्धस्तरमा अघि बढाएर उद्योग व्यापार सहज बनाउन माग गरेका छन्।
२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्त (बुद्धिबहादुर) ले वीरगञ्जको सडक विस्तार अन्योलबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका पन्तले सडक विस्तार विवादका कारण वीरगञ्ज इतिहासकै एउटा कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै सडक विस्तारमा भइरहेको अन्योल चिरेर ठोस निर्णयमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद पन्तले भारतबाट आउने सम्पूर्ण मालवाहक गाडीहरू ड्राइपोर्टबाट मात्रै नेपाल प्रवेश गर्ने हुनाले त्यस राजमार्गलाई २५/२५ मिटरभन्दा कम गर्न त्यहाँका जनताबाट आवाज उठेकोले यी सबै अन्योललाई चिरेर एउटा ठोस निर्णयमा पुगी सडक निर्माणलाई युद्धस्तरमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।
सडक विस्तारको अन्योलतालाई चिरेर सडक निर्माणलाई युद्धस्तरमा अघि बढाइ वीरगञ्जका समग्र उद्योग व्यापारलाई सहज र पूर्ववत रूपमा सञ्चालनमा ल्याउन उनले माग गरे ।
सांसद पन्तले भने, ‘करिब १ महिना अगाडि १४० वर्षभन्दा अघि वीर शमशेरले बसाएको आधुनिक वीरगञ्जको मुख्य बजार बसेको गण्डकदेखि रक्सौलसम्मको सडक दुवै तिरको बजार र घरहरूमा डोजर चलेका छन् । देशलाई कुल राजस्वको ६० प्रतिशत राजस्व दिने वीरगञ्ज बजार अहिले पूर्णरूपमा अस्तव्यस्त र बन्द छ । सडकका दुवैतिर बजार होइन, भत्किएका भवनका अवशेषहरू छन् । एकातिर सोही राजमार्ग अन्तर्गत हेटौंडामा २५-२५ गज मात्रै भत्किएको छ । तर वीरगञ्जमा २५ मिटर भत्किएको छ ।’
प्रतिक्रिया 4