News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ।
- गीतमा बलिउड गायक कैलाश खेरको स्वर छ भने राजसिंह सिधु र जितु नेपालको शब्द रचना र बव एसएनको संगीत छ।
- फिल्म ५ असारदेखि प्रदर्शनमा आउने तयारीमा छ र यसमा वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री लगायत कलाकार छन्।
काठमाडौँ । अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चर्चित बलिउड गायक कैलाश खेरको स्वर छ ।
यसअघि पनि खेरले केही नेपाली फिल्मका गीतमा आवाज दिएका छन् । सार्वजनिक गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द रचना र संगीत बव एसएनको छ ।
शुभेन्दु घोष निर्देशित फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ । फिल्ममा अभिनेता नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन् ।
छायांकनअघि जितुले यो फिल्म आफ्नो जीवनसँग आंशिक मिल्ने बताएका थिए । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल, पवन खतिवडा, बालकलाकार साहरा शर्माको पनि अभिनय छ ।
कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल छन् । राजन सिंखडा र दीपेन्द्र अधिकारी सह-निर्माताको रूपमा जोडिएका छन् ।
‘आइएम जितबहादुर’ ५ असारदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4