News Summary
Generated by OK AI. Editorially reviewed.- इनड्राइभले ४८ देशमा सञ्चालन हुँदै विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप बन्न सफल भएको छ।
- सेन्सर टावरको रिपोर्ट अनुसार इनड्राइभले ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा चौथो स्थान हासिल गरेको छ।
- इनड्राइभले सन् २०२५ मा सुपर एपमा रूपान्तरण गर्दै अन्तरशहरी यातायात, कुरियर सेवा, ग्रोसरी डेलिभरी र वित्तीय सेवा सञ्चालनमा ल्याउने योजना बनाएको छ।
३१ वैशाख, काठमाडौं । ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ ।
‘लिडिङ मार्केट इन्टेलिजेन्स फर्म सेन्सर टावर’का अनुसार इनड्राइभले लगातार चौथो वर्ष आफ्नो स्थान कायम राखेको छ । साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौं स्थानबाट उक्लिएको हो ।
‘कम्पनीले सुपर एप तर्फको आफ्नो रूपान्तरणलाई निरन्तर अघि बढाउने क्रममा प्रयोगकर्ताको संलग्नता र लोकप्रियता बढ्दै गएको यसले संकेत गर्दछ’ इनड्राइभले भनेको छ ।
पियर–टु–पियर मूल्य निर्धारण मोडलमार्फत चालक र यात्रुबीच आपसी सहमतिमा उचित भाडा तय गर्न सकिने इनड्राइभको मुख्य विशेषता हो । एप सुरुवातदेखि हालसम्म विश्वभर ४ सय मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ । हाल विश्वका १ हजार १०० भन्दा बढी शहरहरूमा उपलब्ध यस प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा ८ बिलियनभन्दा बढी कारोबार सम्पन्न भइसकेको सेन्सर टावरको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२५ मा इनड्राइभले आफ्नो मुख्य राइड–हेलिङ सेवाभन्दा बाहिर विस्तार गर्दै सुपर एपमा रूपान्तरण हुने प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले अन्तरशहरी यातायात, कुरियर सेवा, ग्रोसरी डेलिभरी तथा वित्तीय सेवाजस्ता थप सेवा सञ्चालनमा ल्याउँदै आफ्नो सेवा दायरा विस्तार गरेको हो ।
सेवाहरूको विविधीकरणमार्फत प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरूलाई अझ व्यापक रूपमा सम्बोधन गर्दै इनड्राइभले प्रयोगकर्ताको संलग्नता तथा प्रयोगको आवृत्ति बढाइरहेको छ । यही रणनीतिले कम्पनीको विश्वव्यापी विस्तार र निरन्तर वृद्धि यात्रालाई थप मजबुत बनाइरहेको जनाएको छ ।
प्रतिक्रिया 4