+
+
Shares

मनास्लु हिमाल आरोहणको ७० वर्षमा साढे तीन हजार बढी पुगे चुचुरोमा

विश्वको आठौँ र नेपालको सातौँ अग्लो यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् ।

रासस रासस
२०८३ वैशाख ३१ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ र यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन्।
  • सन् १९५६ मे ९ मा जापानी तोसियो इमानिसी र भारतीय ग्याल्जेन नोर्बुले मनास्लुमा पहिलो पटक मानवस्पर्श गरेका थिए।
  • गोरखा र पोखरामा मनास्लु आरोहण ७० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरियो र प्रथम आरोहीहरुको सालिक अनावरण गरियो।

३१ वैशाख, गोरखा । मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ अग्लो यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् ।

प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुमा मानवस्पर्श गर्न सफल भएका थिए ।

सन् १९७३ अप्रिल २२ मा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा हालै गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजनासँगको सहकार्यमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो ।

सो अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिकाका प्रमुख निमा लामालगायतले प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे ।

साथै मनास्लुको काखमा अवस्थित चुमनुब्री–१ सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा र अन्य आरोहीहरु नाङ्स्याल छेदेन र डिकी लामालाई सम्मान गरियो ।

पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको थ्री डी फोटो लोकार्पण गरियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?