News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन्।
- उनी बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री आफैं उपस्थित भएर जवाफ दिनुपर्ने बताए र नआए पार्टी बैठकबाट बाहिरिने चेतावनी दिए।
- उनले भने, 'आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन' र प्रधानमन्त्रीले नै उत्तर दिनुपर्ने बताए।
३१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन् ।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए ।
‘म माग गर्न चाहन्छु, उहाँ (प्रधानमन्त्री) यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ उनले भने, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छ ।’
यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए ।
‘यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ । काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन ।’
प्रतिक्रिया 4