+
+
Shares

गाँजा खेतीलाई वैधानिक दिइयोस् : एमाले सांसद राई

नेपालमा गाँजा खान विगतमा अमेरिकाबाट मानिस आउने गरेको उनले बताए । २०३३ सालमा गाँजा खेती बन्द हुन पुगको भन्दै उनले खुलाउन आवश्यक रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १६:४१

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई वैधानिक दिन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘यो देशका आर्थिक समृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने हो भने नीतिगत रूपमा, वैधानिक रूपमा गाँजा खेती गर्नुपर्छ’,सांसद राईले भने ।

नेपालमा गाँजा खान विगतमा अमेरिकाबाट मानिस आउने गरेको उनले बताए । २०३३ सालमा गाँजा खेती बन्द हुन पुगको भन्दै उनले खुलाउन आवश्यक रहेको बताए ।

गाँजा खेतीबाट औषधि बन्ने, कपडा बन्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?