News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ।
- निरु दाहालले आफ्नो श्रीमान्लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
- स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा पाण्डेलाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको थियो।
३१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिडेटका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ ।
आफ्नो श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई बुधबार पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4