३१, वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाँदर लगायत कृषि हानिकारक वन्यजन्तु व्यवस्थापनका लागि प्राविधिक समिति बनाउने विषयमा छलफल गरेको छ ।
खेतबारी, बस्ती र वन क्षेत्र वरिपरि बढ्दो बाँदर–मानव द्वन्द्व व्यवस्थापनका लागि कृषिमन्त्री गिता चौधरीले कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच समिति गठन गर्ने विषयमा छलफल गरेकी हुन् ।
स्थानीय तहले कार्यान्वयन गर्ने, विज्ञ टोली छनोट, बजेट व्यवस्थापन लगायत विषयमा छलफल भएको हो ।
छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, सांसद सागर ढकाल, वन मन्त्रालयका सहसचिव लगायत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4