+
+
Shares

छत्रकोटले अब ‘जनताको घर’ बाट सबै सेवा दिने

अत्याधुनिक प्रविधि, व्यवस्थित कार्यालय कक्ष तथा सेवाग्राहीमैत्री वातावरणसहित निर्माण गरिएको भवनबाट अब गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एकै स्थानबाट सञ्चालन हुने जनाइएको छ । नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको छत्रकोट गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवन 'जनताको घर' को औपचारिक शुभारम्भ गरेको छ।
  • गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भवन उद्घाटन गर्दै यसलाई नागरिकको विश्वास र सेवाको केन्द्रका रूपमा विकास गरिने बताए।
  • करिब ९ करोड १० लाख रुपैयाँ लागतमा निर्माण भएको भवनबाट अब सबै प्रशासनिक सेवा एकै स्थानबाट सञ्चालन हुने जनाइएको छ।

३१ वैशाख, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवन ‘जनताको घर’ को औपचारिक शुभारम्भ गरेको छ ।

गाउँपालिकाको केन्द्र वडा नम्बर ३ भेडुवामा निर्माण गरिएको आधुनिक भवनको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् ।

अत्याधुनिक प्रविधि, व्यवस्थित कार्यालय कक्ष तथा सेवाग्राहीमैत्री वातावरणसहित निर्माण गरिएको भवनबाट अब गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एकै स्थानबाट सञ्चालन हुने जनाइएको छ ।

नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

भवन शुभारम्भ गर्दै अध्यक्ष पाण्डेले ‘जनताको घर’ केवल प्रशासनिक भवन नभई नागरिकको विश्वास र सेवाको केन्द्रका रूपमा विकास गरिने बताए ।

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन आधुनिक भवन निर्माण गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय तहको संस्थागत विकासका लागि भौतिक पूर्वाधार महत्वपूर्ण आधार भएको बताए ।

उनले आधुनिक भवन निर्माणसँगै नागरिकले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

करिब ९ करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए ।

भवनका लागि गाउँपालिकाले २०८० मंसिर ८ गते अम्बे माँ बलदेभव जेभीसँग सम्झौता गरेको थियो ।

यसअघि गाउँपालिकाकै बहुउद्देश्यीय सभाहलबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले कार्यालय सञ्चालनका लागि पर्याप्त स्थान अभाव झेल्दै आएको थियो ।

नयाँ भवन निर्माणपछि कर्मचारी व्यवस्थापन, सेवा सञ्चालन तथा नागरिकको पहुँचमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?