News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन्।
- उनले गुणस्तरीय सार्वजनिक सेवालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए।
- सरकारको लक्ष्य थिति बसाल्ने र सुशासन, सार्वजनिक सदाचारलाई प्राथमिकतामा राखिने उनले उल्लेख गरे।
३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ को सिद्धान्त र प्राथिमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् ।
सोही क्रममा उनले ५ सिद्धान्त प्रस्तुत गरे । जसमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार र सौम्य शक्ति सुदृढीकरण हुने गरी तय गरिएको छ ।
५ प्राथमिकतामा भने सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग गर्ने भनिएको छ । आर्थिक वृद्धिका लागि क्षेत्रगत स्रोत पुन: प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन गर्ने प्राथमिकतामा उल्लेख छ ।
अवसरको समानताका लागि सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण गर्नेसमेत प्राथमिकतामा उल्लेख छ ।
प्रतिक्रिया 4