+
+
Shares

जेनजी आन्दोलनमा कागजात जल्दा डेढ खर्ब बराबर खर्चको लेखा परीक्षण प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा परीक्षक तोयम रायाले गत २३ र २४ भदौको जेन जी आन्दोलनका कारण डेढ खर्बभन्दा बढी लेखा परीक्षण प्रभावित भएको जानकारी दिनुभयो।
  • यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संघीय कानूनद्वारा तोकिएका अन्य संस्था र समितिको कुल ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण भएको छ।
  • कूल १७९ कार्यालयको कागजात जलेर १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबर लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक रायाले बताउनुभयो।

१ जेठ, काठमाडौं । गत २३ र २४ भदौको जेन जी आन्दोलनका कारण डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित भएको छ ।

महालेखा परीक्षक तोयम रायाका अनुसार  यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण भएको छ ।

कूल १७९ वटा कार्यालयको कागजात जल्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक रायाले जानकारी दिए ।

यसवर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।

समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बराबरको बेरुजु देखिएको छ । कूल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रहेको छ ।

एक वर्षको अवधिमा १४ अर्ब ६३ करोड रुपैयाँ बराबर असुल भएको छ । जुन उत्साहजनक रहेको रायाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?