+
+
Shares

काठमाडौं उपत्यकाका नदी किनारको सुन्दर दृश्य (तस्वीरहरू)

काठमाडौंका यी रिभरसाइड पार्कहरूले सहरी सौन्दर्य मात्र बढाएका छैनन्, यसले वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १२:२५

२ जेठ, काठमाडौं । कुनै समय फोहोर र दुर्गन्धको पर्याय बनेका काठमाडौंका नदी किनारहरू अहिले सहरको सुन्दर पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेका छन् ।

विशेषगरी शंखमूल क्षेत्रको वागमती किनारमा निर्माण गरिएको ‘शंखमूल योग पार्क’ र वरिपरिका हरियाली क्षेत्रले उपत्यकावासीलाई नयाँ जीवन दिएको महसुश गराउँछ ।

हरियाली चौर, बगेको वागमती, र व्यवस्थित पैदलमार्गहरूले गर्दा यी क्षेत्रहरू अहिले बिहानी र साँझको हिँडडुल (मर्निङ वाक), योग अभ्यास र पारिवारिक पिकनिकका लागि पहिलो रोजाइ बन्न थालेका छन् ।

पार्कहरूमा बालबालिकाका लागि आधुनिक खेलौनाहरू, चिप्लेटी (स्लाइड) राखिएको छ । जहाँ उनीहरूलाई मोबाइल र ग्याजेटबाट टाढा राखेर खुला वातावरणमा रमाउन सहयोग पुग्छ ।

त्यस्तै, युवा पुस्ता र स्वास्थ्य सचेत नागरिकहरूका लागि खुला व्यायामशालाको व्यवस्था गरिएको छ । जसले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन दिएको छ । शंखमूल क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण छ ।

आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सत्तलहरूले यहाँ आउनेहरूलाई मानसिक शान्ति प्रदान गर्दछन् । हरियो दुबोमा बसेर गरिने योग र ध्यानले शहरको कोलाहलबाट केही समय भएपनि मुक्ति दिने स्थानीय बताउँछन् ।

काठमाडौंका यी रिभरसाइड पार्कहरूले सहरी सौन्दर्य मात्र बढाएका छैनन्, यसले वातावरण संरक्षण र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ । नदी किनारलाई व्यवस्थित बनाउने यो अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने स्थानीयको माग छ ।

तस्वीरहरु : अनुप प्रधान/न्युज एजेन्सी नेपाल

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?