+
+
Shares

बागमती स्तरीय एम्प्युटी फुटबलको उपाधि कर्णालीलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगितामा कर्णाली प्रदेश पहिलो भएको छ।
  • प्रतियोगितामा कर्णाली अपराजित रहँदै ४ अंक जोडेर पहिलो भएको हो ।
  • कर्णालीले रु २५ हजार, ट्रफी र गोल्ड मेडल प्राप्त गरेको छ ।

२ जेठ, काठमाडौं । निर्मला फाउण्डेसनको आयोजनामा भएको बागमती स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगिता २०८३ मा कर्णाली टिम पहिलो भएको छ ।

काठमाडौंको हाइवे फुटसल खेल मैदानमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा कर्णाली प्रदेश पहिलो, गण्डकी प्रदेश दोस्रो र बागमती प्रदेश तेस्रो भयो ।

तीन टोली सहभागि प्रतियोगिताको खेलहरु राउण्ड रोविन लिगको आधारमा भएको थियो । जहाँ कर्णालीले गण्डकीलाई पराजित गर्दा बागमतीसँग बराबरी खेलेको थियो । कर्णाली अपराजित रहँदै ४ अंक जोड्यो । गण्डकीसँग पनि बराबरी खेलेको बागमती २ अंकसहित दोस्रो भएको हो । गण्डकी १ अंकसहित तेस्रो भयो ।

कर्णालीले नगद रु २५ हजार सहित ट्रफी र गोल्ड मेडल, गण्डकीले रु १५ हजार र बागमतीले १० हजार प्राप्त गरे ।

कर्णालीका सुदिप चापागाई सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए । कर्णालीका चेत नारायण खनाल उत्कृष्ट गोलकिपर घोषित भए । विजेताहरुलाई एन्फाका उपाध्यक्ष विराट जंग शाहीले ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?