+
+
Shares

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादमा एक जनाको हत्या भएको छ ।
  • ३८ वर्षीय समी अहमदले अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीको हत्या गरेका हुन् ।
  • घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ ।

महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?