News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँच सूचीकृत सिमेन्ट कम्पनीहरूले बिक्री आम्दानी र नाफामा सुधार देखाएका छन्।
- शिवम् सिमेन्टको नाफा ५४ प्रतिशत बढेको छ भने सोनापुर मिनरल्स नोक्सानीबाट नाफामा गएको छ।
- घोराही सिमेन्टले नोक्सानी घटाएको छ र बैंकको ब्याजदर घट्दा वित्तीय लागत कम भएको छ।
३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा सिमेन्ट कम्पनीहरूको वित्तीय विवरण थप सुधारिएको छ । नेपाल स्टक एक्स्चेन्जमा हाल पाँच सिमेन्ट कम्पनी सूचीकृत छन् ।
सर्वोत्तम, शिवम्, पाल्पा, घोराही र सोनापुर बजारमा सूचीकृत सिमेन्ट कम्पनी हुन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार औसतमा यी कम्पनीले नाफा बढाएका छन् भने एउटाले नोक्सानी घटाएको छ ।
बिक्री आम्दानी बढ्दा तथा वित्तीय लागत घट्दा कम्पनीहरूले नाफा बढाउन वा नोक्सानी घटाउन सफल भएका हुन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांशको बिक्री आम्दानी बढेको छ ।
शिवम् सिमेन्टको बिक्री आम्दानी केही घटे पनि लागत र कुल खर्चलाई व्यवस्थापन गर्दा नाफा ५४ प्रतिशत बढेको छ । पहिले नोक्सानीमा रहेको सोनापुर मिनरल्स यस पटक नाफामा गएको छ भने घोराही सिमेन्ट आफ्नो नोक्सानीलाई उच्च मात्रामा घटाउन सफल भएको छ ।
निर्माण क्षेत्र केही सल्बलाउन थालेसँगै समग्रमा बिक्री आम्दानी बढ्दा सिमेन्ट उद्योगहरूको नाफामा सुधार देखिएको हो ।
त्यस्तै वित्तीय लागत घट्दा पनि धेरै हदसम्म नाफालाई टेवा पुगेको देखिन्छ । बैंकको ब्याजदर घट्दै जाँदा उद्योगीहरूले तिर्नुपर्ने ब्याज रकम पनि घट्दो छ । यही कारण कम्पनीको वित्तीय लागत घट्न गएको छ, जसले नाफामा सिधा प्रभाव देखिएको हो ।
पहिलेभन्दा बिक्री बढेको वित्तीय विवरणले नै पुष्टि गर्छ, तर पनि उद्योग अझै पूर्ण क्षमतामा चल्न सकेका छैनन् । मुलुकभर करिब ६० सिमेन्ट उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन् ।
सिमेन्ट कम्पनीहरूको बिक्री आम्दानी
| कम्पनी | बिक्री आम्दानी ०८२ चैत | बिक्री आम्दानी २०८१ चैत | वृद्धिदर % |
| सर्वोत्तम सिमेन्ट | ७ अर्ब ७९ लाख | ६ अर्ब ८१ करोड | १४.३९ |
| शिवम् सिमेन्ट | ४ अर्ब ९५ करोड | ५ अर्ब ३९ करोड | -८.१६ |
| पाल्पा सिमेन्ट | ३ अर्ब ४० करोड | ||
| घोराही सिमेन्ट | ३ अर्ब ५५ करोड | ३ अर्ब ५२ करोड | ०.८५ |
| सोनापुर मिनरल्स | ३ अर्ब ४ करोड | ९१ करोड ५८ लाख | २३४ |
सिमेन्ट कम्पनीहरूको नाफा स्थिति
| कम्पनी | नाफा २०८२ चैत | नाफा २०८१ चैत | वृद्धिदर % |
| सर्वोत्तम सिमेन्ट | ९० करोड ५८ हजार | ६० करोड ३० लाख | ५०.२१ |
| शिवम् सिमेन्ट | ६१ करोड ९१ लाख | ४० करोड ५ लाख | ५४.५८ |
| पाल्पा सिमेन्ट | ५ करोड ७२ लाख | ||
| घोराही सिमेन्ट | –१५ करोड ८६ लाख | –५५ करोड ४३ लाख | |
| सोनापुर मिनरल्स | २२ करोड ६१ लाख | – ७ करोड ५९ लाख |
सिमेन्ट कम्पनीको हालको वार्षिक प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ (रुपैयाँमा)
| कम्पनी | प्रतिसेयर आम्दानी | प्रतिसेयर नेटवर्थ |
| सर्वोत्तम सिमेन्ट | २३.१२ | १९५.९६ |
| शिवम् सिमेन्ट | १४.७६ | १८५.३१ |
| पाल्पा सिमेन्ट | २.४८ | १२९.५८ |
| घोराही सिमेन्ट | –३.१६ | १६८.६९ |
| सोनापुर मिनरल्स | ७.३५ | १९७.२२ |
प्रतिक्रिया 4