+
+
Shares

मत्स्यनारायणमा एक महिने मेला सुरु, भक्तजनको घुइँचो

‘मलमास मेला’का रूपमा समेत परिचित यस अवधिमा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको आगमन हुने गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको मच्छेगाउँमा रहेको मत्स्यनारायण मन्दिरमा एक महिने पुरुषोत्तम मास मेला ३ जेठदेखि प्रारम्भ भएको छ।
  • पुरुषोत्तम मासमा भगवान नारायणको पूजा गर्दा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
  • मत्स्यनारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको भगवान मत्स्यनारायणको मूर्ति मुख्य आकर्षणको रूपमा रहेको छ।

३ जेठ, काठमाडौं । काठमाडौंको मच्छेगाउँमा रहेको मत्स्यनारायण मन्दिरमा एक महिने पुरुषोत्तम मास (अधिक मास) मेला प्रारम्भ भएको छ ।

‘मलमास मेला’का रूपमा समेत परिचित यस अवधिमा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको आगमन हुने गर्दछ ।

धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

सोही विश्वासका साथ मेला अवधिभर मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

यहाँ माछाको मुखबाट प्रकट भएको, चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको भगवान मत्स्यनारायणको करिव एक फिट अग्लो मूर्ति मुख्य आकर्षणको रूपमा रहेको छ ।

विभिन्न पुराणहरूका अनुसार भगवान विष्णुले धारण गरेका दश अवतारमध्ये मत्स्य अवतारलाई पहिलो अवतार मानिन्छ ।

प्रलयकालमा भगवानले मत्स्य रूप धारण गरी समुद्रमा डुङ्गाको कार्य गर्दै वेदको रक्षा गरेको धार्मिक महिमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?