+
+
Shares

सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज फ्रान्स प्रस्थान गर्दैछिन्।
  • डंगोलले फेस्टिभलमा चार दिन बिताएर अनुभव बटुल्ने र कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो दिनेछिन्।
  • महानगरले आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स जान लागेको प्रवक्ता नवीन मानन्धरले बताए।

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछिन् । उनी बेलुका फ्रान्स प्रस्थान गर्ने कार्यक्रम छ ।

महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार डंगोल एक्लै फेस्टिभलमा जान लागेकी हुन् । उनी त्यहाँ ४ दिन रहेर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो समेत दिनेछिन् ।

महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स जान लागेको प्रवक्ता मानन्धरको भनाइ छ । यो महोत्सवअन्तर्गत काठमाडौं महानगरका टोल टोलमा फिल्म फेस्टिभल आयोजनाको तयारी भैरहेको छ ।

यसअघि तत्कालिन महानगर प्रमुख बालेन शाह पनि कान्स गएका थिए । युनेस्कोले काठमाडौं सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ ।

कान्स फिल्म फेस्टिभल २१ मेसम्म फ्रान्समा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?