+
+
Shares

टि-सिरिजसँग सुशान्त केसीको फेरि सहकार्य, ‘जादुगरी’ सोमबार आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको सांगीतिक कम्पनी टि-सिरिजले नेपाली गायक सुशान्त केसीसँग नयाँ गीत 'जादुगरी' को लागि सहकार्य गर्ने भएको छ।
  • सुशान्तले इन्स्टाग्राममा 'जादुगरी' मे १८ मा टि-सिरिजको युट्युब च्यानलबाट रिलिज हुने जानकारी दिएका छन्।
  • गीतको पोस्टरमा सुशान्त र मोडल आना शर्मालाई फिचर्ड गरिएको छ, उनीहरूबीच प्रेम सम्बन्धको चर्चा छ।

काठमाडौं । भारतको प्रसिद्ध सांगीतिक कम्पनी टि-सिरिजले नेपाली गायक सुशान्त केसीसँग नयाँ गीतको लागि सहकार्य गर्ने भएको छ । सुशान्तको नयाँ गीत ‘जादुगरी’ १८ मेमा टि-सिरिजको युट्युब च्यानलबाट रिलिज हुनेछ ।

गायक केसीले इन्स्टाग्रामबाट आफ्ना प्रशंसकलाई गीत आउन लागेको जानकारी दिएका छन् । ‘हल्का न्यानो र वर्णन गर्न असम्भव हुने प्रेम । ‘जादुगरी’ मे १८ मा रिलिज हुँदैछ’ सुशान्तले लेखेका छन् ।

साथै, उनले गीतको पोस्टर समेत सार्वजनिक गरेका छन्, जहाँ उनी मोडल तथा एक्ट्रेस आना शर्मासँग फिचर्ड छन् । यी दुईबीच वास्तविक जीवनमा पनि प्रेम सम्बन्धमा रहेको चर्चा छ । यद्यपि, यी दुईजनाले स्वतन्त्र पुष्टि गरिसकेका छैनन् ।

सुशान्तको यो पोस्टलाई आनाले पनि सेयर गरेकी छन् । टि-रिजसँग सुशान्तको यो दोस्रो सांगीतिक सहकार्य हो । यसअघि उनको ग्लोबल हिट ‘बार्दली’को हिन्दी संस्करण पनि युट्युबबाट रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?