+
+
Shares

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनपछि हुने सभामा सातै प्रदेशका भूमिहीन र अव्यवस्थित बसोबासी अगुवाले सम्बोधन गर्ने छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ जेठ ३ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमिहीन र अव्यवस्थित बसोबासीले ३ जेठमा बुटवलमा सरकारको डोजर आतंकविरुद्ध ३० हजारभन्दा बढी सहभागी भएर प्रदर्शन गरेका छन्।
  • संघर्ष समितिले सातै प्रदेशका भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या न्यायोचित समाधान गर्न ४ जेठमा सम्मेलन गर्ने जनाएको छ।
  • रुपन्देहीका १२ राजनीतिक दलले संघर्ष समितिको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन्।

३ जेठ, बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत हुने समितिले जनाएको छ ।

प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका २२ बढी जिल्लाबाट ठूलो संख्यामा सहभागिता रहेको छ । कार्यक्रममा सहभागीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रदर्शनपछि हुने सभामा सातै प्रदेशका सरकारले बिना विकल्प गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने कार्य गरेकाले यसको सशक्त विरोध गर्न प्रदर्शनमा सहभागी हुन आयोजकले आव्हान गरेको छ ।

प्रदर्शनमा ३० हजार बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उपस्थिति हुने आयोजकको दाबी छ ।

सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा वस्तीमा डोजर आतंक मच्याएपछि देशभरका १२ लाख बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले बताए ।

वर्षौंदेखि बस्दै आएको घरबास सरकारले हटाउन सक्ने त्रासले लाखौं नागरिकमा मानसिक पीडा र तनाव भएकाले सरकारलाई दबाब दिन आन्दोलन गरिएको विकले बताए ।

प्रदर्शनपछि हुने सभामा सातै प्रदेशका भूमिहीन र अव्यवस्थित बसोबासी अगुवाले सम्बोधन गर्ने छन् ।

४ जेठमा बुटवलमै हुने सम्मेलनमा भूमिहीन र अव्यवस्थित बसोबासीको समस्याको न्यायोचित समाधान गर्न विज्ञहरू समेतको सहभागितामा छलफल गरी ठोस निचोड निकाल्ने, सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरको संघर्ष समिति गठन गरी त्यसले सरकार तथा प्रमुख दलहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गर्ने संघर्ष समितिका सचिव रामचन्द्र भट्टराईले बताए ।

संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा माओवादी, सहित रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यबद्धता जनाएका थिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?