+
+
Shares

‘खल्ती इन्फ्लुएन्सर अवार्ड’को घोषणा, डिजिटल क्रिएटरलाई सम्मान मञ्च

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएमई खल्ती लिमिटेडले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा गरेको छ, जसको ग्रान्ड फिनाले साउन १६ गते हुनेछ।
  • अवार्डले दुई सयभन्दा बढी प्रभावशाली डिजिटल क्रिएटरलाई राष्ट्रिय पहिचान र ब्रान्ड साझेदारीको अवसर दिनेछ।
  • अवार्डका लागि असार १ गतेसम्म आवेदन खुला छ र असार १० गते शीर्ष १०० क्रिएटरहरूको घोषणा गरिनेछ।

३ जेठ, काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती)ले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’ को घोषणा गरेको छ ।

डिजिटल सामग्री उत्पादक (कन्टेन्ट क्रिएटर)मा समर्पित यसमार्फत देशकै पहिलो राष्ट्रिय सम्मान मञ्च औपचारिक रूपमा सुरु भएको कम्पनीले जनाएको छ ।

यसको ‘ग्रान्ड फिनाले साउन १६ गते सम्पन्न हुनेछ । यो अवार्डले नेपालको क्रिएटर इकोनोमीलाई संस्थागत गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । यसमा दुई सयभन्दा बढी प्रभावशाली व्यक्तित्वलाई राष्ट्रिय पहिचान, ब्रान्ड साझेदारीका अवसर र नयाँ प्रतिभाको प्रवर्द्धनका लागि मञ्च प्रदान गरिनेछ ।

‘यो अवार्ड खल्तीको तर्फबाट नेपालको उदयमान क्रिएटर इकोनोमीलाई संस्थागत रूप दिने प्रयास हो भने यसले सिर्जनशीलता, मौलिकता र डिजिटल उत्कृष्टतालाई एक गम्भीर राष्ट्रिय कलाका रूपमा मान्यता दिनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

खल्ती इन्फ्लुएन्सर अवार्डका तीन मुख्य विशेषता छन् । जसले यसलाई परम्परागत इन्फ्लुएन्सर अभियानभन्दा फरक बनाएको छ । तीन विशेषतामध्ये पहिलो हो- स्थापित क्रिएटरहरूको सम्मान । जसले लामो समयदेखि योगदान दिँदै आएका नेपालका अग्रणी डिजिटल क्रिएटरहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्दछ ।

दोस्रो हो- उदयमान प्रतिभाका लागि मञ्च । जसले साना तर वास्तविक प्रतिभा भएका क्रिएटरलाई पनि स्थापित नामहरूकै बराबर अवसर सुनिश्चित गर्दछ । तेस्रो विशेषता हो- सामाजिक सन्देश । क्रिएटरहरूको सांस्कृतिक प्रभावलाई नेपाली समाजका लागि अर्थपूर्ण योगदान दिने दिशामा परिचालन गर्न यसले ठूलो मद्दत गर्नेछ ।

यो अवार्डलाई सहयोग गरेर आईएमईले मनोरञ्जन क्षेत्रमा मात्र होइन, नेपालको सिर्जनात्मक पूर्वाधार र विश्वव्यापी नेपालीहरूलाई जोड्ने विभिन्न सांस्कृतिक क्षेत्रहरूमा लगानी गरिरहेको जनाउँछ ।

अवार्डका लागि असार १ गतेसम्म इच्छुक क्रिएटरहरूले खल्ती एपमार्फत आफ्नो आवेदन निःशुल्क दर्ता गर्न सक्नेछन् । मनोरञ्जन, जीवनशैली, खाना, खेलकुद, प्रविधि, यात्रा, फिटनेस र स्वास्थ्य, फेसन र सौन्दर्य, शिक्षा र वित्त, तथा खेलकुद लगायतका विविध श्रेणीहरूमा सहभागिता खुला छ । असार १० भित्र विशेष जुरी टोलीले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी असार १० गते शीर्ष १०० क्रिएटरहरूको घोषणा गर्नेछ ।

अन्तिम चरणमा भोटिङ र कन्टेन्ट च्यालेन्ज रहनेछ । जुन चरणमा छनोट भएका क्रिएटरहरूले आफ्नो सिर्जनशीलता प्रदर्शन गर्न मौलिक सामग्री तयार गर्नेछन् । यस चरणमा खल्ती एपमार्फत सार्वजनिक भोटिङ खुला हुनेछ जसमा क्रिएटरको योग्यता, जुरी मूल्याङ्कन र दर्शक सहभागिता तीनै पक्षलाई न्यायोचित रूपमा भार दिइने सुनिश्चित गरिनेछ । साउन १६ गते काठमाडौंमा आयोजना हुने भव्य समापन समारोहमा सबै श्रेणीका विजेताहरूको घोषणा र सम्मान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?