News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटकी २५ वर्षीया सपना तामाङ जन्मकैदको सजाय भुक्तान गर्दै गर्दा सुन्धारा कारागारबाट मध्यराति फरार भएकी छिन्।
- सपना तामाङले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको कारागार प्रमुख कृष्ण चापागाईंले बताए।
- फरार घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेका छन् र सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत छ।
३ जेठ, काठमाडौं । जन्मकैदको सजाय तोकिएकी महिला मध्यराति सुन्धारा कारागारबाट फरार भएकी छिन् ।
फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ छन् । उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले बताए ।
भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको उनले बताए । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् ।
यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।
घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरेका छन् । कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4