News Summary
Generated by OK AI. Editorially reviewed.- कुवेत एयरवेजले पश्चिम एसिया युद्धपछि रोकिएको काठमाडौं- कुवेत उडान साताको दुई उडान गरी पुनः सुरु गर्ने जनाएको छ।
- कुवेत एयरवेजले मंगलबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक गरेको छ र न्यूनतम भाडा ९ सय ११ अमेरिकी डलर तोकेको छ।
- कुवेतमा धेरै नेपाली कामदार रहेका कारण उडान पुनः सुरु हुनुले उनीहरूको आवतजावतमा सहजता आउने छ।
३ जेठ, काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुन: सुरु गर्ने भएको छ ।
कुवेत-काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुन: सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो ।
कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ ।
कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4