+
+
Shares

युक्रेनद्वारा मस्कोमा एक वर्षयताकै ठूलो हमला, एक भारतीयसहित ३ जनाको मृत्यु

रूसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार पछिल्लो एक वर्षको अवधिमा मस्कोमाथि गरिएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ९:४२

४ जेठ, काठमाडौं । युक्रेनले रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण गरेको छ । युक्रेनले आइतबार राति मस्कोमाथि ड्रोन आक्रमण गरेको हो ।

रूसी अधिकारीहरूले युक्रेनको आक्रमणबाट एक भारतीयसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । रूसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार पछिल्लो एक वर्षको अवधिमा मस्कोमाथि गरिएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

मस्कोस्थित भारतीय दूतावासका अनुसार युक्रेनको आक्रमणमा परेकामध्ये एक भारतीय नागरिक पनि रहेका छन् । दूतावासले अन्य तीन जना घाइते भएका जनाएको छ ।

युक्रेनले पनि रूसमा गरिएको आक्रमणको पुष्टि गरेको बीबीसीले जनाएकोे छ । राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसले युक्रेनी सहरहरूमा घातक हमला गरेकाले आक्रमण पूर्णतया जायज भएको बताएका छन् ।

हालै रूसले युक्रेनको राजधानी किएभमा ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेको थियो । हमलामा परी २४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?