+
+
Shares

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला १० जेठमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ९:४६

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय गरेको छ ।

उक्त समूहले देउवाको गृहजिल्ला सुदूरपश्चिममा १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो ।

भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार गरेको प्रचार सामग्रीमा उल्लेख छ ।

उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?