+
+
Shares

मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने

मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी नयाँ नियमावली बनाउन लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १०:२९

४ जेठ, काठमाडौं । मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधिसभा नियमावली बनाइँदैछ ।

सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

उक्त मस्यौदा नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । नियम १७८ को उपनियम ४ मा भनिएको छ, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकताअनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्नेछ ।’

यसअघि संसदीय समितिका सबै बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य थियो । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७८ को उपनियम ४ मा लेखिएको छ, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्नेछ ।’

अब यसलाई बदलेर ‘आवश्यकताअनुसार’ भन्ने शब्द राखिएको छ । यसले मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी नयाँ नियमावली बनाउन लागिएको अनुमान छ ।

मन्त्रीको समय नमिल्दा संसदीय समितिको बैठक नै बस्न नसक्ने भएकाले यस्तो समस्या आउन नदिनका लागि विधेयकमाथि हुने छलफलमा मात्रै मन्त्रीको उपस्थिति अनिवार्य हुने गरी नियमावली बनाउन लागिएको रास्वपाका नेताहरू बताउँछन् । यसले समितिको बैठक सञ्चालनमा सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?