News Summary
Generated by OK AI. Editorially reviewed.- तेस्रो लिंगीहरूले पक्राउ परेका व्यक्तिलाई छाड्न माग गर्दै ४ जेठमा बाराको जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
- प्रदर्शनमा सहभागी ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ र केहीले प्रहरी कार्यालयको मूलगेट फोड्ने प्रयास गरेका थिए।
- प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार तेस्रो लिंगी र भाट समुदायबीच खुसियालीमा नाचगान गर्ने अधिकारलाई लिएर विवाद भएको छ।
४ जेठ, बारा । पक्राउ परेका व्यक्तिलाई प्रहरीले छाड्नुपर्ने माग राख्दै सोमबार कलैयामा तेस्रो लिंगीहरूले विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराको मूल गेट अगाडि विरोध प्रदर्शनमा उत्रिएका मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न खुस्बु भनिने एकजना तेस्रो लिंगीलाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार नियन्त्रणमा लिएको थियो ।
बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार कलैया उपमहानगरपालिका ५ का सरिफ मियाँ भाटको जाहेरी परेपछि ती व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको थियो ।
एसपी कुँवरका अनुसार कुनै परिवारमा बच्चा जन्मिएपछि खुसियालीमा नाचगान गर्ने र त्यसबापत पैसा लिने गरेको भन्दै भाट समुदायका मानिसहरूमाथि तेस्रो लिंगीले कुटपिट गरेको जाहेरी परेको छ ।
तर तेस्रो लिंगीहरूले खुसियालीमा नाचगान गर्ने र दुवा बापतको पैसा पाउने काम आफूहरूको रहेकाले भाट समुदायले त्यसो गर्न नपाउने माग राखेका छन् ।
आफ्नो समुदायलाई प्रहरीले अनाहकमा पक्राउ गरेर मुद्दा चलाएको भन्दै तेस्रो लिंगीहरूले विरोध जनाएका हुन् ।
सोमबार बिहान करिब आधाघण्टा जिल्ला प्रहरी कार्यालय बारा अगाडि विरोध प्रदर्शनमा उत्रिएका मध्ये कतिपय अर्धनग्न अवस्थामा समेत थिए । ती मध्य केहीले प्रहरी विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालयको मूलगेट फोड्ने प्रयास गरेका थिए ।
प्रहरीले ३ जनलाई नियन्त्रणमा लिएर बल प्रयोग गरी अवस्था साम्य पारेको थियो ।
प्रतिक्रिया 4