+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन्।
  • पुनले संसदीय सुनुवाइ समितिको बैठकमा शर्मामाथि परेका उजुरी र कार्ययोजना अध्ययन गर्न समय माग्दै सुनुवाइ भोलि गर्ने प्रस्ताव राखेका छन्।
  • उनले संसदमा प्रिबजेट छलफल चलिरहेको र त्यसमा जानुपर्ने भएकाले सुनुवाइ भोलि सार्न उपयुक्त हुने धारणा राखेका छन्।

५ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा शर्माउपर परेका उजुरी र उनका कार्ययोजना अध्ययन गर्न समय माग्दै पुनले सुनवाइ एक दिन पछि सार्न उपयुक्त हुने धारणा राखेका हुन् ।

शर्माको सुनुवाइ आजै गर्ने तयारी अनुसार समितिको बैठक बसिरहेको छ । अहिले शर्माउपर परेका १६ वटा उजुरी र उनका कार्ययोजना सदस्यहरुलाई वितरण गरिएको छ ।

त्यसमा धारणा सांसद पुनले भने, ‘आज मज्जाले अध्ययन गरौं । भोलि बिहानबाट सुनुवाइ गरौं । पास गर्न बहुमत भए पुग्छ । यसकारण समस्या हुँदैन । पर्फेक्ट प्रक्रिया पुगेको देखियोस् ।’

उनले के निर्णय हुन्छ भन्ने थाहा भइसकेको भन्दै त्यसको प्रक्रिया पूरा गर्दा राम्रो हुने धारणा राखे ।

संसदमा प्रिबजेट छलफल चलिरहेकाले त्यहाँ पनि जानुपर्ने भएकाले भोलि सुनुवाइ गर्न पुनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?