+
+
Shares

श्रम संस्कृति पार्टीको प्रश्न– केन्द्रीय सरकार खोइ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाए।
  • राईले चैतमा भोजपुरमा हावाहुरीले ६५ घर र ८ स्कुलको छानो उडाएकोमा सरकारले राहत नदिएको बताए।
  • सांसद राईले सरकारलाई जनताको पीडा सम्बोधन गर्न पुनः दबाब दिए र गृहमन्त्रीलाई भेटेर जानकारी गराएको उल्लेख गरे।

५ जेठ, काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकार खोइ ? भनी प्रश्न गरे ।

हावाहुरीका कारण गत चैतमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उनको आपत्ति थियो ।

सांसद राईले जनताको सो पीडालाई सम्बोधन गर्न सरकारलाई पुन: दबाब दिए ।

‘केन्द्रीय सरकार खोइ ? चैतमा हावाहुरीको भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ । आजसम्म पनि सरकारको कुनै पनि राहत ती घरहरूमा पुगेका छैन,’ उनले भने, ‘त्यस्तै गरेर ८ वटा स्कुलका छानोहरू उडाएको छ । यसबारे मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ । यस विषयमा गृहमन्त्रीलाई हामीले भेटेर भनेका थियौं । यो जनताको आवाजहरू नसुनेको कुराहरू अब चाँही सुन्ने हो कि भनेर उभौली साकेलाको शुभकामना दिनु चाहन्छु ।’

सांसद राईले पीडामा रहेका जनताको आवाज सरकार सुनुवाइ नगरेको गुनासो पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?