News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप लगाएका छन्।
- मिश्रले वरिष्ठताक्रम मिचेर न्यायाधीश सिफारिस गरिएको र सरकारले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गरेको बताए।
- संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश सपना मल्ललाई सिफारिस नगरी चौथो नम्बरका मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको छ।
५ जेठ, काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार बारको प्राङ्गणमा लालटिन बालेर सर्वोच्च प्रशासनको कामकारबाहीप्रति भद्र विद्रोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सेटिङकै लागि लामो समयसम्म प्रधानन्यायाधीश बन्न सक्ने व्यक्तिको नाम सिफारिस गरिएको बताए ।
‘न्यायिक प्रक्रियालाई नबिथोल्न सरकार म आग्रह गर्न चाहन्छु । अहिले वरिष्ठताक्रम मिचेर न्यायाधीश सिफारिस गरिएको छ,’ उनले भने, ‘लामो अवधिको न्यायाधीश सिफारिस गर्नु पर्नेलाई हामी सेटिङ नै भन्छौं । न्यायाधीशलाई निर्भिक भएर संविधान र कानुनले तोकेको काम निर्वादरुपमा गर्न नेपाल बार आग्रह गर्दछ ।’
उनले नेपालको स्वतन्त्र न्यायपालिकामाथि सरकारले गरेको हस्तक्षेप अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेको बताए । उनले प्रधानन्यायाधीश सिफारिसमा पालो मिच्ने बाटो वर्तमान सरकारले खोलेको आरोप पनि लगाए ।
‘दुई तिहाइ वा बहुमत आयो भने पालो मिचिने बाटो खोलिएको छ ।कानुनको पालना गरेर नैतिकतामा बसेको न्यायाधीशमाथि आक्रमण प्रयास भएको छ,’ उनले भने,’न्यायाधीशहरूलाई सरकारप्रति लालायित हुनुपर्ने अवस्था सरकारले बनाएको छ । विवेक नहराओस् फेरि यस्तो कार्यक्रम गर्न नपरोस् ।’
संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलाई सिफारिस नगरी चौथो नम्बरमा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । यसप्रति
प्रतिक्रिया 4