News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्यकर्मीले २६ लाख ३६ हजार बराबरको निःशुल्क परीक्षण गरेका छन्।
- महालेखा परीक्षकको कार्यालयले स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई ९० प्रतिशत र परिवारलाई ५० प्रतिशतसम्म शुल्क छुट दिने निर्णयको कानुनी पक्ष औंल्याएको छ।
- स्वास्थ्य मन्त्रालयले ४ साउन २०७३ मा सचिवस्तरीय निर्णय अनुसार प्रयोगशाला परीक्षण शुल्क छुट दिने व्यवस्था गरेको थियो।
५ वैशाख, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्यका कर्मचारीले २६ लाख ३६ हजार शुल्क बराबरको निःशुल्क परीक्षण गरेका छन् ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जन स्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारीले शुल्क छुट गराएर परीक्षण गराएका हुन् ।
महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार १ हजार २९५ कर्मचारी र कर्मचारीका परिवारले परीक्षण शुल्क छुट गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले ४ साउन २०७३ मा सचिव स्तरीय निर्णय अनुसार मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जन स्वास्थ्य प्रयोगशालाका कार्यरत कर्मचारीलाई ९० प्रतिशत र कर्मचारीका कर्मचारीलाई ५० प्रतिशतसम्म प्रयोगशाला परीक्षण शुल्क छुट दिने निर्णय गरेको थियो ।
महालेखाले कानुन बमोजिम मात्र राजस्व छुट दिनुपर्ने भन्दै औंल्याएको छ । प्रयोगशालाले तोकिए बमोजिमको शुल्क लिई परीक्षण गर्ने गरेको छ ।
प्रतिक्रिया 4