+
+
Shares

स्वास्थ्य सेवा विभागले २७ करोड वैदेशिक सहायताको हिसाब देखाएन

यस वर्ष विभागले विश्व स्वास्थ्य संगठनबाट सोझै अनुदान १२ करोड ८ लाख, युनिसेफको १२ करोड ८२ लाख, यूएनएफपीए ३ लाख र युरोपियन युनियनको २ करोड ३६ हजार वैदेशिक सहायता प्राप्त गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य सेवा विभागले वैदेशिक सहायताबाट प्राप्त २७ करोड रकमको हिसाब वार्षिक बजेटमा समावेश गरेको छैन।
  • महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार विभागले परामर्श सेवा र तालिम कार्यक्रमको बजेटमा वैदेशिक सहायता समावेश गरेको छैन।
  • विभागले विश्व स्वास्थ्य संगठन, युनिसेफ, यूएनएफपीए र युरोपियन युनियनबाट कुल २७ करोड २७ लाख १८ हजार वैदेशिक सहायता प्राप्त गरेको थियो।

५ वैशाख, काठमाडौं । स्वास्थ्य सेवा विभागले वैदेशिक सहायताबाट प्राप्त भएको २७ करोड रकमको हिसाब देखाएको छैन ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार विभागले वैदेशिक सहायता प्राप्त गरी परामर्श सेवा र तालिम कार्यक्रममा खर्च गरेको बजेट कार्यक्रम समावेश गरेको छैन ।

यस वर्ष विभागले विश्व स्वास्थ्य संगठनबाट सोझै अनुदान १२ करोड ८ लाख, युनिसेफको १२ करोड ८२ लाख, यूएनएफपीए ३ लाख र युरोपियन युनियनको २ करोड ३६ हजार वैदेशिक सहायता प्राप्त गरेको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १७ मा बजेट तथा कार्यक्रमसँग सम्बन्धित सम्झौताबमोजिम प्राप्त हुने नगद तथा वस्तुगत सहायतालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?