६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।
कांग्रेस विभाजनको संशयका बीच उनले बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत् पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् ।
संसथापन इतर समूहमा रहेका काफ्लले लेखेका छन्, ‘देशभरका कांग्रेस र कांग्रेस शुभचिन्तक साथीहरू, ऐतिहासिक जिम्मवारीबोध गर्दैै सिद्धान्तनिष्ठ चरित्रवान नेतृत्वका लागि पार्टी पुनर्निर्माणमा जुटौं ।’
पार्टीको छवि नेतृत्वबाट झल्किने भन्दै उनले नेतृत्व छद्मभेषी र बेइमान भए जनताका सपना चकनाचुर हुने हुने उल्लेख गरेका छन् । जनाताको टुटेको विश्वासले पार्टीको पुनर्जीवनका निम्ति गहिरो बाधा पु¥याउने काफ्लेको भनाइ छ ।
‘नेतृत्वको परीक्षण आम जनता र कार्यकर्ताले गरिरहेका छन् । कांग्रेसमा विश्वासको संकट खडा भएको छ,’ नेता काफ्लले लेखेका छन्, ‘आपसी अविश्वास र दाउपेचले लक्ष्यभेदन हुँदैन । त्यागको पुञ्जस्वरुप विश्वस्त र सिद्धान्तनिष्ठ नेतृत्वसहितको कांग्रेसका निम्ति म यस घडीमा हार्दिक अपिल गर्दछु ।’
प्रतिक्रिया 4