+
+
Shares

भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:३४

११ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न उनीहरुले माग गरेका छन् ।

साथै उनीहरुले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरुको फाइल पुन: रोजगारदातासम्म पठाउन माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे भन्दै श्रममन्त्री विरुद्ध  नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?