प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँमा एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर लगानीमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
- आयोजना प्रमुख हरिकुमार श्रेष्ठले आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी रहने जानकारी दिए ।
- विद्युत्गृह तथा कर्मचारी आवासका लागि देवघाट गाउँपालिकामा आवश्यक पर्ने करिब १४६ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ ।
११ जेठ, तनहुँ । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
एसियाली बिकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा पर्दछ ।
श्रेष्ठले विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4