News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको वृन्दावन नगरपालिका–७ मा सोमबार साँझ आएको तीव्र हुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
- हुरीले घर भत्किँदा घाइते भएकी ३५ वर्षीया फूलकुमारी देवीको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
१२ जेठ, चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए ।
हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4