+
+
Shares

रास्वपा सांसदले खोजे किसान पेन्सन योजना

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले प्रतिनिधिसभामा किसान पेन्सन योजना लागू गर्न माग गरेका छन् ।
  • सांसद साहले रासायनिक मलको उपलब्धता, सिंचाइ सुविधा र कृषिमा विद्युतीकरणका लागि बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
  • उनले बैठकमा ‘कृषि बीमा लगायत मलखाद्यको सुनिश्चितता गरियोस् । साथै, किसान पेन्सन योजना पनि लागू गरियोस् ।’ भनी माग गरे ।

१२ जेठ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान पेन्सन योजनाको खोजी गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यसको खोजी गरेका हुन् ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकिसकेको छ । यसका साथै अब रासायनिक मलको उपलब्धताको लागि काम गर्नुपर्ने उनको आग्रह छ । सिंचाइ सुविधा नपुगेका ठाउँमा सेवा पुर्‍याउन सरकारले बजेट ल्याउनुपर्ने माग राखेका छन् ।

कृषिमा विधुतीकरण हुन बाँकी रहेको विषय पनि उनले बताए ।

यी पृष्ठभूमि राख्दै उनले किसानको पीडा सरकारले ख्याल गर्न सक्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘कृषि बीमा लगायत मलखाद्यको सुनिश्चितता गरियोस् । साथै, किसान पेन्सन योजना पनि लागू गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?