+
+
Shares

जेनजी आन्दोलनका ७५० जना घाइतेले पाए जेनजी कार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका २ हजार ६२३ घाइतेमध्ये ७५० जनाले मात्र कार्ड पाएकाले बाँकीलाई तत्काल कार्ड उपलब्ध गराउन सांसद आकृति अवस्थीले माग गर्नुभएको छ ।
  • गत भदौमा भएको आन्दोलनका घाइतेहरू उपचार पाउनबाट समेत वञ्चित हुने अवस्था बनेको भन्दै सांसद अवस्थीले संसद्मा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

१२ जेठ, काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा घाइते भएका ७५० जना घाइतेले जेनजी कार्ड पाएका छन् । बाँकीलाई पनि कार्ड दिन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले गरेकी छन् ।

सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार ६२३ जना घाइतेमध्ये ७५० जनाले मात्रै जेनजी कार्ड पाएको बताएकी हुन् । बाँकीलाई पनि कार्ड उपलब्ध गराउन उनको माग छ ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । परिवर्तनका लागि लडेकाहरू उपचारबाट समेत वन्चित हुने अवस्था उचित नरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?