News Summary
Generated by OK AI. Editorially reviewed.- स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मंगलबार बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत बाँडफाँट भएको छ ।
- कुल २५ लाख २७ हजार ८५५ सदर आवेदकमध्ये गोलाप्रथाद्वारा ७७ हजार ८१२ जनाले सेयर प्राप्त गरेका छन् ।
- यस कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए जलविद्युत आयोजना’ सञ्चालन गरेको छ ।
१२ जेठ, काठमाडौं । स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।
वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि सो कम्पनीको आईपीओ खुलेको थियो ।
आईपीओमा २५ लाख २७ हजार ८५५ आवेदन सदर भएका थिए । सदर आवेदनमाझ गोलाप्रथा गरी ७७ हजार ८१२ जनालाई सेयर दिइएको छ । तीमध्ये ५ आवेदकले ११ कित्ता तथा बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।
५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीले आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर खुलाएको थियो । कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए जलविद्युत आयोजना’ सञ्चालन गरेको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १०७. ४६ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । संचित नाफा ५ करोड ५९ लाख रुपैयाँ छ ।
कम्पनीले सञ्चालन गरेको आयोजनाको लागत प्रतिमेगावाट २० करोड १४ लाख रुपैयाँ छ । कुल लागत २ अर्ब ७१ करोड रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष रहेको छ ।
प्रतिक्रिया 4