+
+
Shares

रचना रिमाल र प्रशान्त शिवाकोटीको स्वर ‘काजी’ ले ल्यायो असारे गीत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशव्यापी प्रदर्शनमा रहेको फिल्म 'काजी' को असारे भाका 'ज्यानको तिर्खा' बोलको नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ ।
  • प्रशान्त सिवाकोटी र रचना रिमालको स्वर रहेको उक्त गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।
  • हलमा फिल्म हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको यस चलचित्रको सिक्वेल निर्माण गर्न दर्शकले माग गरेका छन् ।

काठमाडौं । देशब्यापी प्रदर्शन भैरहेको फिल्म ‘काजी’ ले असारे गीत युट्युबमा सार्वजनिक गरेको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’ मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, सन्दीपबाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । अभिनेता कार्की पनि अहिले फिल्मको प्रचार गर्दै दर्शकलाई भेट्न हल भिजिटमा ब्यस्त छन् ।

उनलाई हलमा भेट्ने धेरै दर्शकले ‘काजी २’ चाहियो भन्ने माग गरिरहँदा उनी उत्साहित हुँदै तपाईंको माया र साथ मिले पक्कै सिक्वेल बन्ने जवाफ दिने गर्छन् ।

यो फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको फिल्मले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिम बताउँछ ।

निर्मातामा नेहान रिजाल, विकासराज जोशी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?