+
+
Shares

मण्डलामा ‘लाहुरी भैंसी’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १३:२६

१२ जेठ, काठमाडौं । थापागाउँमा अवस्थित मण्डला थिएटरमा आगामी जेठ २२ गतेदेखि लाहुरी भैंसी नाटक मञ्चन हुनेभएको छ । नाटकमा नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई देख्न सकिने निर्देशन अनुप न्यौपानेले जानकारी दिएका छन् ।

प्रसिद्ध कथाकार रमेश विकलको कथामा आधारित यस नाटकलाई संयोग गुरागाईंले नाट्य रूपान्तरण गरेका हुन् ।

नाटक ए. जे. बब स्टुडियो तथा क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो । यो नाटककले नेपाली ग्रामीण समाजको सामाजिक र आर्थिक संरचनालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।

लुखुरे, घैंटी र पोडेको सानो परिवारले एउटा भैंसी किनेर आफ्नो जीवन सुधार्ने सपना देख्छ । तर त्यो सपना समाजको शक्ति संरचना, वर्गीय विभाजन र शोषणको चक्रमा फस्दै जान्छ ।

निर्देशक अनुपका अनुसार समाजको शक्ति, गरिबी, सपना र निराशाको चक्रलाई रंगमञ्चमार्फत दर्शकसमक्ष पुर्‍याउने प्रयास यस नाटकमा गरिएको छ ।

नाटक सम्बन्धी विवरण

नाटक: लाहुरी भैंसी

कथाकार: रमेश विकल

नाटककार: संयोग गुरागाईं

निर्देशक: अनुप न्यौपाने

प्रस्तुति: ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्ट

मञ्चन स्थल : मण्डला थिएटर, थापागाउँ

प्रदर्शन समय : २०८३ जेठ २२ देखि असार ७ गतेसम्म

समय : हरेक दिन साँझ ५:३० बजे

अतिरिक्त शो : शनिबार दिउँसो १:३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?