+
+
Shares

सरकारी अस्पतालमा थन्किएका मेसिनहरू प्रयोगमा ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारी अस्पतालमा थन्किएका स्वास्थ्य उपकरणहरू प्रयोगमा ल्याउन माग गर्नुभएको छ ।
  • महालेखा परीक्षकको प्रतिवेदनअनुसार सरकारी स्वास्थ्य संस्थाहरूमा करोडौंका हेमोडायलाइसिस मेसिन, भेन्टिलेटर र सिटी स्क्यान उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् ।
  • सचेतक दुलालले अस्पतालहरूमा निशुल्क उपलब्ध हुनुपर्ने औषधिको अभाव हटाएर गरिब नागरिकले समयमै औषधि पाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

१२ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले सरकारी अस्पतालमा थन्किएका मेसिनहरू प्रयोगमा ल्याउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठबमा बोल्दै उनले महालेखा परीक्षकको कार्यालयको  प्रतिवेदनमा सरकारका सरकारी स्वास्थ्य संस्थाहरू र प्रतिष्ठानहरूमा करोडौंका महत्वपूर्ण स्वास्थ्य उपकरणहरू, हेमोडायलाइसिस मेसिन भेन्टिलेटर, सिटी स्क्यान सिस्टम थुप्रै प्रयोगमा नरहेको उल्लेख भएको स्मरण गराए ।

सरकारी अस्पतालमा आइसियुको अभावले एउटा अस्पतालबाट अर्को अस्पतालमा आइसियु खोज्दा खोज्दै बाटैमा कतिपय बिरामीहरूले जीवन गुमाउनु परेको तितो यथार्थ रहेको बताए ।

‘थुप्रै किड्नीका बिरामीहरूले महिनौसम्म डायलाइसिसको उपचार नपाएर तड्पि रहनु परेको अवस्था छ भने सरकारी संस्थाहरूमा दर्जनौको संख्यामा सयौको संख्यामा हेमोडायलाइसिस मेसिनहरू थन्कि राखेका छन्’ उनले भने, ‘यसको सरकारले छानबिन गरी त्यसलाई प्रयोगमा ल्याओस् ।’

अर्कोतर्फ निशुल्क रुपमा, अनिवार्य रुपमा प्राप्त गर्न पर्ने औषधि समेत अस्पतालमा अभाव रहेको उनले बताए । गरिबहरूले समयमै औषधि पाउने अवस्था बन्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?