News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका लागि पूर्वनेपाली राजदूत कृष्णप्रसाद ओलीले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण सम्पूर्ण एशियाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
- चीनको सिजाङ विश्वविद्यालयको कार्यक्रममा ओलीले बौद्ध, दाओवाद र हिन्दू दर्शनले प्रकृति र मानवबीचको अन्तरनिर्भरतालाई स्वीकार गरेको बताए ।
- सिजाङका हिमनदीहरूले अरबौँ मानिसलाई जीवन दिने नदी प्रणालीलाई पोषण गर्ने भएकाले यसको संरक्षण विश्वव्यापी जिम्मेवारी भएको उनले बताए ।
१२ जेठ, काठमाडौं । चीनका लागि पूर्वनेपाली राजदूत कृष्णप्रसाद ओलीले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण सम्पूर्ण एशियाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
चीनको सिजाङ विश्वविद्यालयद्वारा आयोजित ‘सिजाङको शान्तिपूर्ण मुक्तिको ७५औँ वार्षिकोत्सव’ मा वातावरणविद् समेत रहेका ओलीले पारिस्थितिक सभ्यता सम्बन्धी धारणा राखेका हुन् ।
उनले चीन, नेपाल, भारत र श्रीलंकाले आफ्ना सांस्कृतिक तथा आध्यात्मिक परम्परालाई वातावरणीय संरक्षणसँग जोड्दै अघि बढिरहेको बताएका छन् ।उनले मानव र प्रकृतिबीचको सहअस्तित्वलाई २१औँ शताब्दीको प्रमुख आवश्यकता भएको बताएका छन् ।
‘हामी सबैले यस साझा सम्पदाबाट प्रेरणा लिँदै मानव र प्रकृतिबीच सामञ्जस्यपूर्ण सहअस्तित्व भएको भविष्य निर्माण गरौं ‘ उनले भने ।
डा. ओलीले बौद्ध, दाओवाद र हिन्दू दर्शनले प्रकृति र मानवबीचको अन्तरनिर्भरतालाई प्राचीनकालदेखि नै स्वीकार गरेको उल्लेख गरे।
बौद्ध धर्मको ‘प्रतित्यसमुत्पाद’, दाओवादको ‘प्रकृतिसँगको सामञ्जस्य’ तथा हिन्दू दर्शनको ‘वसुधैव कुटुम्बकम्’ जस्ता अवधारणाले आधुनिक पारिस्थितिक सभ्यताको आधार निर्माण गरेको उनको भनाइ थियो।
विशेषगरी सिजाङ क्षेत्रको सन्दर्भ उल्लेख गर्दै उनले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण सम्पूर्ण एशियाका लागि महत्वपूर्ण रहेको बताए ।
सिजाङका हिमनदीहरूले अरबौँ मानिसलाई जीवन दिने नदी प्रणालीलाई पोषण गर्ने भएकाले यसको संरक्षण विश्वव्यापी जिम्मेवारी भएको उनले जोड दिए।
मन्तव्यका क्रममा उनले चीन सरकारले सिजाङ क्षेत्रमा हरित विकास, जैविक विविधता संरक्षण, स्वच्छ ऊर्जा विस्तार तथा वातावरणमैत्री नीतिहरूलाई प्राथमिकता दिएको पनि उल्लेख गरे । ल्हासामा बाँझो पहाडलाई हरियालीमा रूपान्तरण गर्ने अभियान र सौर्य तथा हवा ऊर्जाको विस्तारलाई उनले सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरे।
प्रतिक्रिया 4