+
+
Shares

अन्डाको मूल्यवृद्धि रोकिएन, फेरि बढाइयो क्रेटमा १५ रुपैयाँ

एक साता अवधिमा सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि गर्दै नयाँ समर्थन मूल्य तोकेको छ ।
  • नयाँ मूल्य अनुसार एक्सएल अन्डाको मूल्य ५ सय ४५, ठूलोको ५ सय ३० र मिडियमको ५ सय रुपैयाँ कायम गरिएको छ ।
  • संघका अध्यक्ष विनोद पोखरेलले उत्पादन लागत महँगो भएकाले किसान बचाउन मूल्य बढाउनु आफूहरूको बाध्यता रहेको बताए ।

१२ जेठ, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।

संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा आज मंगलबारदेखि नयाँ फार्म समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो ।

एक साता अवधिमा सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढेको छ ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ ।

यसअघि ४ जेठदेखि लागु भएको दरमा यो अन्डाको मूल्य ५ सय ३० रुपैयाँ कायम थियो । त्यसैगरी ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय १५ रुपैयाँ र मिडियम अन्डा ४ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै सानो अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएको संघले जनाएको छ ।

अन्डाको उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ नै यथावत राखिएको छ ।

बर्डफ्लुका कारण कुखुरा मासिएको र बजारमा उत्पादन तुलनामा माग बढी भएको कारण देखाउँदै संघले सातापिच्छे अन्डाको मूल्य बढाउँदै आएको छ ।

संघ अध्यक्ष विनोद पोखरेलले उत्पादन लागत महँगो हुँदा किसानहरू पलायन हुने अवस्था आएको भन्दै मूल्य बढाउनु आफूहरूको बाध्यता रहेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?